Logo

प्रमुख समाचार

वातावरण जोगाउनु सरकारको महत्त्वपूर्ण एजेन्डा हो : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेन्डा भएको बताएका छन् । शनिबार बिहान थापाथलीमा कान्तिपुर म्याराथनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक भएको बताएका हुन् ।

तापमान वृद्धिको असर नेपालले पनि भोगिरहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे । वातावरण दिवसको पूर्वसन्ध्या पारेर गरिएको यस आयोजनाले वातावरणको महत्त्व र सचेतना जगाउन सहयोग पुग्ने विश्वास लिएको भन्दै मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिले सारा संसारले भोग्दै आएको बताए ।

त्यस्तै नागरिक स्तरमा वातावरणको महत्त्व बुझाउनुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिए ।

कान्तिपुर मिडिया ग्रुपले जलवायु परिवर्तन संकटको प्रभाव र नियन्त्रणको आवश्यकताबारे सचेतना जगाउन ‘रन द कान्तिपुर हाफ म्याराथन २०२२’ आयोजना गरेको हो । ‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करण सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डा हल्लाएसँगै म्याराथन सुरु भएको हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार ०७:५९   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।