Logo

स्वास्थ्य

कोलेस्ट्रोल बढेको छ ? काँचो प्याज खाने गर्नुस्



काठमाडौं । प्याजमा विभिन्न औषधिय गुण पाइन्छन् । यसको सेवन स्वास्थ्यका लागि हितकर हुने आयुर्वेद चिकित्सकहरु बताउँछन् । विज्ञका अनुसार प्याजका फाइदा यस्ता छन् ।

प्याज खानाले पेटमा पाचन रसको उत्पादन बढ्छ । जसका कारण हामीले खाएको खानेकुरा राम्रोसँग पच्दछ र पाचन सम्बन्धी समस्या पनि कम हुन्छ ।

प्याजको रसमा मह मिलाएर खानाले ज्वरो, रुघाखोकी, तथा घाँटी खसखस गरेको र एलर्जी जस्ता समस्यामा राहत मिल्दछ ।

प्याजले रगतमा भएको चिनीको मात्रा अर्थात् ब्लड सुगर नियन्त्रणमा मद्दत गर्दछ ।

काँचो प्याजको सेवनले रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन र यसले मुटुलाई स्वस्थ राख्न सहयोग पुराउँदछ ।

दुखेको वा सुन्निएको ठाउँमा प्याजको रस लगाउनाले दुखाइ कम हुन्छ र संक्रमण पनि हुँदैन ।

प्याजको नियमित सेवनले पेटको अल्सर अर्थात् ग्यास्ट्रिक अल्सरको जोखिम कम हुन्छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार १९:३४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।