काठमाडौं : पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ७९ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार थप ९ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा निको हुनेको संख्या ९ लाख ६७ हजार १ सय ३७ पुगेको छ । हाल नेपालमा १ सय १० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया