Logo

प्रमुख समाचार

एक साताअघि नै प्रदेश १ बाट नेपाल प्रवेश गर्‍यो मनसुन प्रणाली



काठमाडौं । नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जानकारी दिएको छ। यसपालि मनसुन एक साताअघि नै नेपाल आएको हो।

‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९÷०२÷२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ’, महाशाखाले भनेको छ, ‘यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ।’

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १६:५०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।