Logo

खेलकुद

दुई ओपनर घाइते भएपछि सुवासलाई मौका



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीका दुई ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भएपछि सुवास खकुरेललाई टिममा बोलाइएको छ ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत ओपनरद्वय आसिफ र कुशल घाइते भएको पुष्टि गर्दै सुवासलाई टिममा बोलाउने निर्णय गरेको जनाएको हो ।

नेपालले अमेरिकामा घरेलु टिमसहित ओमान सम्मिलित त्रिदेशीय क्रिकेट लिग खेल्ने तालिका छ । नेपालले शृंखलाको पहिलो खेलमा जेठ २६ गते ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र असार १ मा अमेरिकाको सामना गर्नेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १८:३२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।