Logo

खेलकुद

राष्ट्रिय फुटबल टोलीको अभ्यास सत्रमा नेपाली दर्शकलाई प्रवेश दिइने



काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको अभ्यास सत्रमा दर्शकलाई प्रवेश दिइने भएको छ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादीस्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई अभ्यास हेर्न दिने बताएका हुन् ।

नेपाली टोलीले आज (सोमबार) साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ । कतारको दोहामा १० दिनको अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टोली शनिबार कुवेत सिटी पुगेको हो । छनोटमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १२:३५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।