विराटनगर । प्रदेशको नामका विषयमा छलफल गर्न एमालेले समिति बनाएको छ। केही दिनअघि मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरणका विषयमा एमालेलाई नेतृत्व लिन आग्रह गरेसँगै एमालेले आज समिति बनाएको छ ।
एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकले नामकरण बारेमा छलफल गर्न तात्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की संयोजक रहेको ५ सदस्यीय समिति बनाएको हो।
समितिका सदस्यहरूमा जीवन घिमिरे, जगदीशप्रसाद कुसियैत, उषाकला राई र अर्जुन राईलाई राखिएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
समितिले प्रदेश १ को नामकरण गर्ने बारेमा सत्तामा रहेका दलहरुसँग छलफल गर्ने र निर्णयमा पुग्ने जनाइएको छ। प्रदेश १ ले नाम पाउन नसकेको अवस्थामा प्रदेशको नामकरण हुनुपर्ने चौतर्फी माग उठेपछि एमालेले समिति बनाएको हो।




















प्रतिक्रिया