Logo

खेलकुद

बराबरीमा रोकिए बेल्जियम र वेल्स



काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम र वेल्स बराबरीमा रोकिएका छन् । शनिबार भएको समूह डीको खेलमा दुई टोली १–१ को बराबरीमा रोकिएका हुन् ।

खेलको ५० औं मिनेटमा बेल्जियमका योउरी टिएलेमन्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा वेल्सका ब्रेनमान जोन्सनले बराबरी गोल फर्काका थिए । 

यससँगै समूह डीमा बेल्जियमले ३ खेलबाट ४ अंक हात पार्दै दोस्रो भएको छ भने वेल्सले केवल १ अंक जोडेको छ ।

यसअघिका खेलमा वेल्स पोल्याण्ड र नेदरल्याण्ड्ससँग पराजित भएको थियो । समूहको शीर्षस्थानमा रहेको नेदरल्याण्ड्सले ३ खेलबाट ७ अंक जोडेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आईतवार ०८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।