काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (मंगलबार) ओमानसँग खेल्दैछ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।
ओमानविरुद्ध मैदान उत्रँदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । नेपाल ओमानलाई हराउँदै २ अंक जोड्न चाहन्छ । यस्तै नेपाल ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो ।
तर, अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । किनकी ओमानविरुद्धको पछिल्लो ५ भेटमा नेपालले एक पटक मात्र जित निकालेको छ । यस्तै ओमान पनि नेपाललाई हराउँदै शीर्ष स्थानको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्नेछ । शनिबार भएको खेलमा नेपाल र अमेरिकाबीचको खेल टाइ भएको थियो ।




















प्रतिक्रिया