Logo

राजनीति

विमलालाई बर्खास्त गरेर अरु छानविन प्रक्रिया अघि बढाउन एमालेको माग



रुपन्देही । नेकपा एमाले लुम्बिनीले राज्यमन्त्री विमला खत्री वलीलाई तत्काल बर्खास्त गरी अरु छानविन प्रक्रिया अघि बढाउन माग गरेको छ । सरकारको मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्ति सर्वसाधारणको घरमा आचरणहीन व्यवहारमा उत्रिँदासमेत मुख्यमन्त्री तथा सरकार जवाफविहीन भएर बसेको एमालेको आरोप छ ।

एमाले लुम्बिनी संसदीय दलका उपनेता तथा पूर्व मन्त्री वैजनाथ चौधरीले स्वास्थ्य राज्यमन्त्री विमला आफ्नो पिएओसहित परपुरुषको घरमा गएर उनको श्रीमती र परिवारलाई कुटपिट गर्ने, सामान तोडफोड गर्ने प्रमाणसहितका विषय बाहिर आउँदासमेत मुख्यमन्त्रीसहितका मन्त्रीहरू चुप लागेर बस्नु लज्जाको विषय भएको बताएका छन् ।

उनले राज्यमन्त्री वलीलाई बर्खास्त गर्दै शक्तिको दुरुपयोग गरेर अर्काको घरमा पसेर हातपात गर्नेलाई कडा कानूनी कारबाही गर्नुपर्ने एमालेको माग रहेको बताएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १६:०९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।