Logo

अर्थ

लक्ष्मी बैंकले ३ लाख ३३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै 



काठमाडौं । लक्ष्मी बैंकले तीन लाख ३३ हजार २०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै उक्त शेयर विक्री गर्ने जानकारी दिएको हो ।  

कम्पनीले उक्त शेयर र खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयर धनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा निवेदन दिन भनेको छ ।

सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि बैंकले बताएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार ११:३७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।