Logo

खेलकुद

शीर्ष स्थानमा उक्लने दाउमा लुम्बिनी, प्लेअफ जोगाउन विराटनगरलाई जित्नैपर्ने दबाब



काठमाडौ । एनपीएल क्रिकेटमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स खेल्दैछन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आज जीत हात पार्दै शीर्ष स्थानमा उक्लने दाउमा छ भने बिराटनगरका लागि प्ले अफमा पुग्न आज जीत अनिवार्य छ । साविक बिजेता लुम्बिनी प्ले अफमा पुग्ने पहिलो टोली हो ।

६ खेल खेलेकोमा ४ मा जित र एकमा मात्र हार बेहोरेको लुम्बिनीले भने कर्णाली याक्स, जनकपुर बोल्ट्स,पोखरा एभेन्जेर्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो भने काठमान्डु गोर्खाजसँग पराजित भएको थियो ।

चितवन राइनोजसँगको खेल भने रद्द हुँदा अंक बाँडेको थियो । विराटनगर अंक तालिकाको पाँचौं स्थानमा छ । उसले अहिलेसम्म ६ खेल खेलेकोमा तीनमा जित र तीनमा हार बेहोरेको छ ।

विराटनगरले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । काठमान्डु गोर्खाज,चितवन राइनोज र कर्णाली याक्ससँग भने विराटनगर पराजित भएको थियो ।

त्यसैले आज लुम्बिनी केही सहज र बिराटनगर केही दबाबको अवस्थामा हुने छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार १२:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।