काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारप्रति प्रायः आलोचनात्मक अभिव्यक्ति दिँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले यसपटक सरकारको कार्यकालको पक्षमा बोलेका छन् ।
सिंहले बालेन नेतृत्वको सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने बताएका हुन् । विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै उनले सरकारलाई बीचमै अवरोध गर्न नहुने धारणा राखेका छन् ।
उनले नेपालको राजनीतिक इतिहासका उदाहरण दिँदै २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार र २०७४ सालमा बनेको तत्कालीन नेकपाको झन्डै दुई तिहाइ बहुमतको सरकारको अनुभवबाट पाठ सिक्नुपर्ने बताएका छन् ।
सिंहका अनुसार विगतका राजनीतिक घटनाक्रमले सरकारको स्थायित्व र राष्ट्रिय राजनीतिक परिस्थितिबारे महत्वपूर्ण सन्देश दिएका छन् । कसैको उक्साहटमा लागेर मुलुकको आन्तरिक राष्ट्रियता कमजोर पार्ने गतिविधि गर्न नहुनेमा पनि उनले जोड दिएका छन् ।





















प्रतिक्रिया