काठमाडौं । आजदेखि शुक्रबार पनि शेयर कारोबार हुन थालेको छ । सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रवार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार देखि पहिलो पटक शुक्रबार पनि शेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।
आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म शेयर कारोबार हुनेछ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार शेयर कारोवार खुला गरेर आइतबार बन्द गर्दै आएको थियो ।





















प्रतिक्रिया