पछिल्लो २४ घण्टामा भएको ११ हजार ७४८ नमुना परीक्षणमा २ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ७ हजार २४९ जनामा पीसीआर परीक्षण गर्दा एक हजार ७२८ र ४ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। यस्तै साेही अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ हजार ३४८ रहेको छ ।




















प्रतिक्रिया