Logo

अर्थ

झन् आकासियो सार्वजनिक सवारीको भाडा, कहाँ जान कति (सूचीसहित)



काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसधानको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि पनि भाडा समायोजन गरेको हो ।

विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस्

निरन्तर इन्धनको मुल्य वृद्धि भएपछि व्यवसायीले आफै बढाए गाडी भाडा

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १३:१२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।