काठमाडौं । कपा एमालेकी सचिव तथा प्रतिनिधिसभा सदस्य पद्मा अर्यालले स्टक डिजेल पेट्रोल बिक्री रोकी मूल्य वृद्धि गरेर सरकारले करोडौँ रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन् । पुरानो मूल्यमा आइतबार दिउँसो पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौं रुपैयाँको चलखेल भएको उनको टिप्पणी छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा अर्यालले मूल्यवृद्धि अघि आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजेल मौज्दात रहेको र मध्यरातदेखि भाउ बढाएर पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपैयाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार घोटाला भएको बताइन् ।
यसभन्दा अगाडि २२ करोड रुपैयाँ घोटाला भएको भन्दै उनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिबाट भएको घोटालाको छानविन गर्न आग्रह गरिन् ।





















प्रतिक्रिया