Logo

अर्थ

कपिलवस्तुका स्थानीय तहलाई कांग्रेस युवा नेता शर्माको सुझाव : युवाहरुको सोच, गति र भावनालाई समेटेर बजेट ल्याउनू



काठमाडौं । संघ, प्रदेश हुँदै अहिले स्थानीय तहलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट बनाउने चटारो छ । कानुनअनुसार असार १० भित्रमा अनिवार्य बजेट ल्याइसक्नुपर्ने दाबाब स्थानीय तहलाई छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधि अहिले बजेट बनाउनमा व्यस्त छ । त्यसका लागि संघमा मागिए जसरी कतिले सुझावसमेत माग गरेका छन्, भने कति स्थानीय तहलाई सरोकारवाला आफैले पनि सुझाव दिएका छन् ।

कपिलवस्तुका कुल १० स्थानीय तह (चार गाउँपालिका र ६ नगरपालिका)मध्ये निर्वाचन क्षेत्र नम्बर एकमा पर्ने पालिकालाई नेपाली कांग्रेसका युवा नेता आशिष शर्माले सुझाव दिएका छन् । वाणगंगा र कपिलवस्तु नगरपालिका तथा दुद्धोधन र मयादेवी गाउँपाकालाई आगामी आर्थिक वर्षका लागि बन्दै गरेको बजेटबारे युवा नेता शर्माले पाँच बुँदे सुझाव दिएका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै उनले युवाहरुको सोच, गति र भावनालाई समेटेर अघि बढ्न सुझावपत्रमार्फ आग्रह गरेका छन् । जनताको अपेक्षा झन् बढ्दै गएको कुरालाई ध्यानमा राखेर आगामी वर्ष नीति तथा कार्यक्रम र बजेट बनाउन स्थानीय तहलाई युवा नेता शर्माको सुझाव छ । स्थानीय तह पाँच वर्षे स्थायी सरकार भएकाले यसले आम मानिसका भावनालाई समेट्न प्रयास गर्नुपर्नेमा उनले जोड दिँदै बजेटमा सुझाव दिएका छन् ।

यस्ता छन् युवा नेता शर्माका सुझावहरू

युवा नेता शर्मा कांग्रेको १४औं महाधिवेशनमा लुम्बिनी प्रदेश सदस्यमा लडेका थिए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १७:२१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।