Logo

अर्थ

इन्धनको मूल्यमा भारी वृद्धिसँगै हवाई भाडा पनि बढ्यो, कहाँ जान कति (सूचीसहित)



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गरेका छन् । वायुसेवा सञ्चालक संघका अनुसार सबैभन्दा धेरै काठमाडौंबाट धनगढीका लागि साविकको भाडामा ८४० रुपैयाँ बढी लाग्ने छ ।

अब काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ । यो सबैभन्दा उच्च दर हो । कम्पनीहरुले प्रतिस्पर्धाका आधारमा यसभन्दा कम मूल्यमा टिकट बेच्न सक्छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ ।

काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ । अब यो विमानस्थलसम्मको यात्राका लागि अधिकतम ४ हजार १९५ पुगेको छ । भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ । यहाँ २ सय रुपैयाँ भाडा बढेको छ । बढेको भाडा बुधबारबाट लागु हुनेछ ।

हेर्नुहोस् भाडादर, अब कहाँ जान कति लाग्छ ?

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १७:४५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।