Logo

अर्थ

आज सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार?



काठमाडौं । सुन–चाँदीको मूल्य मंगलबार(आज) स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन–चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारदेखि चाँदीको मूल्यमा भने स्थिरता कायम छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार ११:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।