Logo

स्वास्थ्य

चीनबाट असार २४ गतेदेखि कोरोनाविरुद्धको खोप आउने



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गतेदेखि नेपालका कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति सुरु हुने जनाएको छ । 

चीनको बेइजिङस्थित साइनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौता अनुसार असार २४ गतेदेखि खोप आपूर्ति सुरु हुने मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । त्यसपछि विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

यसका साथै कोभ्याक्स सुविधाबाट समेत छिटै खोप प्राप्त गरी कोभिड १९ विरुद्धको खोप कार्यक्रम विस्तार हुने मन्त्रालयले बताएको छ ।

हालसम्म विभिन्न मुलुकहरुको सहयोग, अनुदान र खरिद गरि ४२ लाख ४८ हजार खोप प्राप्त भएको छ । जसमा २५ लाख ७४ हजारलाई पहिलो डोजर र सात लाख ५७ हजारलाई दुबै डोज खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसअघि शुक्रबर प्रधानमन्त्री केपी शर्मा ओलीले अब चाँडै सबै नेपालीले कोरोनाविरुद्धको खोप लगाउने पाउने दाबी गरेका थिए । 

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ०६:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।