Logo

अर्थ

विमानस्थलको निरीक्षण गर्न प्रधानमन्त्रीसहित गठबनधनका शीर्षहरु निजगढमा



काठमाडौं । प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् । शीर्ष नेतासहितको सरकारी टोली

विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएर आज शनिबार नै काटठमाडौं फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न भनेको छ । विमानस्थल निर्माण हुनुपर्नेमा सबैजसो राजनीतिक दल र नेताहरु एक छन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार ११:३२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।