Logo

अर्थ

निजगढ विमानस्थल नबने मुलुकलाई नोक्सान हुन्छ : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पुराना बस्ती जोगाएर निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीसहितका टोलीसँग शनिबार निजगढ पुगेका उनले, ‘पुराना बस्तीलाई सकभर जोगाउने गरी अगाडि बढौं। त्यो जोगियोस्। सयौं वर्षदेखि बसोबास भएका बस्तीहरू छन् भने त्यसलाई जोगाउने गरी पनि अगाडि बढाउने। ती सबै गरेर पनि यो ठाउँमा विमानस्थल बन्न सक्छ, बनाऔं ।’

उनले विमानस्थल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै विमानस्थल नबने त्यस्तो स्थितिमा मुलुकको नोक्सान हुने बताए। ‘आउने पुस्ताको पनि नोक्सान हुन्छ। बनाउने कार्यलाई अगाडि बढाऔं। यही ठाउँमा बनाऔं। नोक्सानलाई न्यूनीकरण गर्दै अगाडि बढौं’, उनले भने। कुनै पनि योजना अगाडि बढाउँदा आजभन्दा दुईतीन पुस्ता पछाडिलाई पनि हेर्नुपर्ने बताए।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार १४:४४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।