काठमाडौं । घाटा चुलिएर सम्हालिनसक्नुको अवस्थामा पुगेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउनुपर्ने विकल्प अघि सारेको छ । निगमले पेट्रोलियम भारतीय आयल कर्पोरेसनलाई ३० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख गर्दै निकट भविष्यमै भारतबाट पेट्रोलियम पदार्थ आपूर्ति बन्द हुन सक्ने चेतावनी दिएको छ ।
निगमले अहिले मासिक १० अर्ब हाराहारीको घाटा व्यहोरिरहेको भन्दै आफ्नो घाटा निरन्तर बढिरहेपछि आईओसीलाई भुक्तानी गर्न नसकिएको जनाएको छ । यही समस्या लिएर निगमले प्रधामनमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै अब आपूर्ति घटाउनुपर्नेमा जोड दिएको हो ।
इन्धनको आपूर्ति घटउने विभिन्न सुझावसहित निगमले लेखेको पत्रमा अब एक पटकमा चारपांग्रे सवारीका लागि २० लिटरसम्म अधिकतम वितरण गर्ने र मोटरसाइकलको लागि अधिकतम ५ लिटर एक पटकमा दिने निर्णय गर्नुपर्ने विषय उल्लेख गरिएको छ । यस्तो निर्णय गराएको खण्डमा खपत कम हुने निगमको सुझाव छ। ।





















प्रतिक्रिया