Logo

स्वास्थ्य

अमेरिकाबाट जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप ल्याइँदै 



नेपालमा अमेरिकामा बनेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप ल्याउने भएको छ । 

कोभ्याक्स सुविधामार्फत जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप ल्याउन लागिएको हो  । खोप आउने निश्चित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप आयात अनुमति सिफारिस गर्नको लागि औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ ।

मन्त्रालय उच्च स्रोतका अनुसार १५ लाख ३४ हजार ८५० डोज खोप आउने निश्चित भएको हो । जोन्सनको यो खोप एक डोज मात्रै लगाउँदा हुन्छ । चाइनिज खोप भेरोसेल र इन्डियन कोभिसिल्ड जस्तो दुई डोज लगाइरहनु पर्दैन ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप दिने घोषणा गरेका थिए । सोही घोषणाअनुसार कोभ्याक्स सुविधामार्फत जोन्सन एण्ड जोन्सन खोप आउन लागेको हो । 

हालसम्म नेपालमा भारतको सिरम कम्पनीको कोभिसिल्ड खोप, चीनको भेरोसेल खोप आएको छ । जोन्सन एण्ड जोन्सन खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ । हाल नेपालमा कोभिशिल्ड खोप सकिएको छ भने भेरोसेल खोप लगाउने अभियान चलिरहेको छ । 

कोभिशिल्ड खोपको पहिलो डोज लगाएका करिब १५ लाख मानिसहरु दोस्रो डोजको पर्खाइमा रहेका छन् । 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार १३:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।