Logo

अर्थ

सेयर बजारमा भारी अंकको गिरावट



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा भारी गिरावट देखिएको छ ।

मंगलबार पुँजी बजार मापक परिसूचक नेप्से ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से सूचक ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा बन्द भएको थियो । आज समग्र नेप्से सूचक २.२२ प्रतिशतले घटेको छ ।

त्यसैगरी, यस दिन सेन्सेटिभ फ्लोट इण्डेक्स ८.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२५ अंक घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार रकममा पनि गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार ४ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको सेयर बजारमा साताको तेस्रो कारोबार दिन आज २ अर्ब  ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँकोमात्र कारोबार भएको छ । 

आज कारोबारमा आएको सबै समूह सूचकहरु घटेका छन । आज सबैभन्दा धेरै ब्यापार समूहको सेयर मूल्य घटेको छ । आज यस समूहको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ । यसैगरी, अन्य समूह तर्फाको सेयर मूल्य ३.८३ प्रतिशत, लगानी समूह तर्फको सेयर मूल्य ३.३१ प्रतिशत, फाईनान्स समूहको सेयर मूल्य ३.५३ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका तीन कम्पनीको सेयर मूल्य सकारात्मक  सर्किट लेभलमा कारोबार भएका छन् । आज सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै घलेम्दी हाईड्रो पावर कम्पनीको सेयर मूल्य घटेको छ । यस कम्पनीको सेयर मूल्य आज ६.६० प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ । 

आज २२९ स्टकको ४९ हजार ४१६ पटकको कारोबामा ८६ लाख १३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १६:०९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।