काठमाडौं । प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको आरोपमा चौतर्फी आलोचना खेपिरहेका उनले जवाफ दिने भएका हुन् ।
तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौं ।’
यो पनि पढ्नुहोस्
अर्थमन्त्री शर्मामाथि छानबिन गर्न योजना आयोगका ६ पूर्व उपाध्यक्षहरुको माग
अर्थमन्त्रीकाे विषयमा संसदीय छानबिन समिति बनाउनुपर्छ : पूर्णबहादुर खड्का
युवा संघकाे प्रदर्शन : गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा, अर्थमन्त्रीलाई बर्खास्त गर (फोटोफिचर)
अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गरेर भए पनि छानबिन गर्नु पर्छ : गगन थापा





















प्रतिक्रिया