काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गइरहेको भनेर एउटा सुनियोजित हल्ला चालाइएको बताएका छन् । शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको बताए ।
उनले भने, ‘नेपाल अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ’, उनले भने, ‘त्यो हल्लामा कुनै सत्यता छैन ।’
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोशिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे। मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने समेत बताए ।
मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पारे।





















प्रतिक्रिया