Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा २१६९ संक्रमित थपिए, १४३२ जना संक्रमण मुक्त



पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो ।  
यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ ९पीसीआर० र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ । 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार १७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।