Logo

स्वास्थ्य

संक्रमण नघटेपछि एक हप्तादेखि गाउँ नै सिल



बैतडी:  कोरोना संक्रमण नघटेपछि बैतडीको एक गाउँ एक हप्तादेखि सिल गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका-७ को चडेपानी गाउँलाई थप एक हप्ताका लागि सिल गरिएको हो ।

सोमबार गाउँपालिकाले सूचना जारी गर्दै एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आगामी साउन ३ गतेसम्मका लागि चडेपानीलाई सिल गरिने जनाएको हो । यसअघि असार २० गतेदेखि असार २७ गतेसम्मका लागि सो गाउँलाई सिल गरिएको थियो ।

गाउँमा संक्रमितको संख्या नघटेकाले आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।

गएको असार २० गतेदेखि गाउँमा आवतजावत बन्द गरिएको छ । गाउँमा कोरोना परीक्षणको दायरासमेत बढाइएको गाउँपालिकाले जनाएको छ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १४:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।