Logo

स्वास्थ्य

कोरोना अपडेट : थप २ हजार ३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टी भएको छ।

७ हजार ५८ जनाको आरटी पिसिआरबाट परीक्षण गर्दा १ हजार ६ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यस्तै ३ हजार ९ सय ५४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय ५९ जनामा पोजेटिभ हो ।

त्यस्तै सोही अवधिमा देशभरबाट संक्रमण भएका २ हजार ७८ जना निको भएका छन्। त्यस्तै १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।