ज्योति विकास बैंक लिमिटेडले असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ९ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने (आज) असार ३० गते अन्तिम दिन हो ।
बैंकको १० वर्ष अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणका लागि निष्काशन गरिएका ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।





















प्रतिक्रिया