Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडकाे कारोबार



काठमाडौं । आज तिहारअघिको अन्तिम कारोबार दिन सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.६४ अंकले बढेर २,६५५ को विन्दुमा कायम भएको छ ।

आज १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घोराही सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.०८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै घोराही सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १५:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।