बुधबार शेयर बजारमा खासै उतारचढाव देखिएन । सुरुवाती चरणमा घटेको बजार सोहि चरणमा सुधारीए पछि नेप्सेमा तिव्र उतारचढाव रोकिएको छ ।
बुधबार शेयर बजार परिसूचक नेप्से १ दशमलव ०१ अंकले घटेर २८७२ दशमलव ०५ अंकको विन्दुमा बन्द भएको छ । नेप्से सकारात्मक रहँदा शेयर बजारका अन्य सूचकहरु भने मिश्रित देखिएका छन् ।
क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक भने ० दशमलव ०३ प्रतिशतले घटेर ५३९ दशमलव ३८ अंकको विन्दुमा बजार बन्द भएको छ ।
बुधबार दुई सय १४ कम्पनीको ५० हजार ५९१ पटकको व्यापारमा चार करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयरको खरिदविक्री हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँ ११ पैसा बराबरको कारोबार भएको छ ।
बुधबार गुर्खाज फाइनान्सको सर्वाधिक २९ करोड ४७ लाख ६९ हजार २५० रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको २२ करोड ३३ लाख ७२ हजार २१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार म्यूचुयल फन्डका लगानीकर्ताहरुले धेरै गुमाउँदा हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक ८ दशमलव १० प्रतिशतले कमाएका छन् । दोस्रोमा नेपाल फाइनान्सका लगानीकर्ताले ७ दशमलव ७१ प्रतिशतले कमाएका छन् ।
बुधबारका समूहगत परिसूचकहरु भने मिश्रित देखिएका छन् । ८ समूहको परिसूचक घट्दा बाँकी ५ समूहको परिसूचक बढेका छन् । जलविद्युत समूहको परिसूचक सर्वाधिक २ दशमलव ७१ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक १ दशमलव ४८ प्रतिशतले बढेको छ ।
बाँकी समूहको परिसूचक भने सामान्य एक प्रतिशतको औसतले घटबढ भएका छन् । बैकिङ, विकास बैंक, जिवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार समूहको परिसूचक घट्दा वित्त, होटल्स् तथा पर्यटन, जलविद्युत, लगानी र सामूहिक लगनी कोष समूहको परिसूचक बढेका छन् ।
बुधबारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण ३९ खर्ब ९५ अर्ब १६ करोड ४२ लाख ८२ हजार ६१६ रुपैयाँ कायम भएको छ ।
० दशमलव ०४ प्रतिशतले बढेको बजारमा ८१ कम्पनीको शेयर मूल्य बढ्दा ८७ कम्पनीको शेयर मूल्य बढेको छ । बाँकी १२ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।





















प्रतिक्रिया