काठमाडौं । बजेट निर्माणको क्रममा भएको भनिएको अनधिकृत व्यक्तिको संग्लनताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले समय अपुग भएको भन्दै म्याद थपका लागि सभामुख अग्नि सापकोटालाई पत्र पठाएको छ। असार २८ गतेबाट काम सुरु गरेको विशेष समितिको समयसीमा बिहीबार सकिँदैछ। बिहीबार म्याद सकिने भएकाले समितिले म्याद थपका लागि आग्रह गर्दै सभामुख सापकोटालाई पत्र लेखेको हो ।
अहिलेसम्म बजेट निर्माण प्रक्रियामा संग्लन कर्मचारीदेखि राजनीतिक नेतृत्वसँग छलफल भएको र यो छलफलका आधारमा निष्कर्ष निकाल्नलाई समितिलाई थप समयको आवश्यक भएकोले सभामुखलाई पत्र लिखिएको उक्त समितीका सचिव सुरेन्द्र अर्यालले बताए । समितिले आजै मात्र पूर्वअर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माण प्रकरणमा करिब ३ घण्टा छलफल गरेको छ । छलफलको क्रममा शर्माले संसद्मा भनेकै कुरालाई दोहोर्याएका सचिव अर्यालले बताए ।
सचिव अर्यालका अनुसार पत्रमा समयको लागि दिन तोकेर भने लेखिएको छैन । उनले सीसीटिभीको फुटेज रहने हार्ड डिस्क प्रहरीको प्रयोगशालामा लगिएको र त्यसको रिर्पाट बिहिबार मात्र आउने बताएको छ ।





















प्रतिक्रिया