Logo

अर्थ

लगातार उकालो लगेको नेप्सेमा ब्रेक, ५.८७ अंकले घट्यो सूचक, डेढ अर्ब बढीको कारोबार



काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै लगातार उकालो यात्रामा रहेको नेप्सेमा बिहीबार ५ अंकको ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८७ अंकले घट्दै २०४४.७२ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १६ अंकले बढ्दै २०५० विन्दुमा अडिएको थियो ।

यसदिन बैंकिङ र अन्य समूहको उपसूचक बाहे सबैजसो उपसूचकहरु ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक आज ०.१७ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक १.०९ प्रतिशतले बढेको छ । ट्रेडिङ समूहको उपसूचक १.५८ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको उपसूचक १.५२ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.०७ प्रतिशतले घटेको छ ।

यस्तै, डेभलपमेन्ट समूहको उपसूचक ०.९८ प्रतिशतले, निर्जीवन बीमा समूहको उपसूचक ०.७८ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक ०.७५ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक ०.६१ प्रतिशतले, माइक्रोफाइनान्स समूह ०.४८ प्रतिशतले, म्युचुअल फन्ड समूह ०.४४ प्रतिशतले र फाइनान्स समूह ०.९ प्रतिशतले घटेका छन् । ५ अंक माथिले घटेको बजारमा आज १ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १५:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।