काठमाडौं । वातावरणविद् अरनिको पाण्डेले संसदीय चुनावमा ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका पाण्डेले अष्ट्रेलियाको मेलबर्न इन्स्च्यिुट अफ मेलबर्न (एआईटी)बाट विद्यावारिधि गरेका छन् । काठमाडौं उपत्यकाको वायू प्रदूषणको अनुसन्धान गरेका उनले सोही विषयमा विद्यावारिधी गरेका छन् ।
उम्मेदवारी घोषणा गर्ने क्रममा उनले जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश विदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्ने बताएका छन् । यूएनईपी, युएनडीपी, डब्लूएचओ लगायतका अन्तर्राष्ट्रिय संस्थामा आवद्ध भएर काम गरेको अनुभव समेत उनीसँग छ ।उम्मेदवारी घोषणा
गर्ने क्रममा पाण्डेले जलवायु परिवर्तनले नेपालमा ल्याउने विनाश र दुःखबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउने बताएका छन् ।




















प्रतिक्रिया