काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ शुक्रबार १ हजार रुपैयाँले नै बढेको हो ।
तोलामा १ हजार रुपैयाँले बढेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। तोलामा १० रुपैयाँ बढेर शुक्रबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको छ ।





















प्रतिक्रिया