Logo

प्रमुख समाचार

प्रेस युनियनको नयाँ नेतृत्वका लागि आज मतदान

८७ पदका लागि १७३ जना भिड्दै, ३१ जना निर्विरोध



हेटौंडा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । 

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ । दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ । 

युनियनमा ८७ पदका लागि १७३ जना प्रतिसपर्दा गर्दै छन् । ३१ जना भने निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनमा एक हजार ६३० जनाले मतदान गर्नेछन् । नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन् ।

संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार ०९:०९   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।