Logo

प्रमुख समाचार

प्रतिनिधि सभा : कारागार संसाेधन विधेयक पारित गरिने



काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हाे ।

संसद् सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकले कारागार ऐन २०१९ लाई संसाेधन गर्न बनेको विधेयकलाई पारित गर्ने कार्यसूची छ । विधेयकमा जेलमा रहेका कैदीबन्दीलाई प्रजननको अधिकार प्रदान गर्नेछ ।

यसका साथै आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभावाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार ०८:५७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।