Logo

राजनीति

सरकारलाई लालबाबु पण्डितको प्रश्न : चुनावको मिति घोषणा किन नगरेको ?



काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले चुनावको मिति घोषणमा भइरहेको ढिलाइबारे संसदमा प्रश्न उठाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पण्डितले चुनावको मिति किन घोषणा नगरेको (?) भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाई गरिरहेको छ ?’, पण्डितको प्रश्न छ । उनले सभामुखमार्फत सरकारलाई प्रश्न गरे, ‘गठबन्धनको गाँठागुठी नमिलेर हो कि आशीर्वाद लिन गएको ठाउँबाट आशीर्वाद नपाएर हो कि ? या चुनाव नगराउने मनसायले गठबन्धन लामो समय टिकाउन हो जनता चाहान्छन् ?’

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १५:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।