Logo

राजनीति

हाजिर गरेर बैठक हलबाट बाहिरिएका सांसद फर्किएपछि कारागार विधेयक पारित



काठमाडौं । प्रतिनिधिसभाबाट कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

संसदमा हाजिर गरेर बैठक हलबाट बाहिरिएका सांसद फर्किएपछि सो विधेयक पारित भएको हो । सांसदहरू हाजिर गरेर बाहिरिएपछि गणपूरक संख्या नपुग्दा बैठक १५ मिनेटका लागि स्थागित गर्नुपरेको थियो ।

कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कम्तिमा ६९ सांसद उपस्थित हुनैपर्ने संवैधानिक व्यवस्था रहेकोमा यसअघि ६७ सांसदमात्रै उपस्थित थिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गर्दा ४ सांसद थपिएर ७१ सांसद पुगेका थिए ।

गणपूरक संख्या उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाएका थिए । त्यसपछि कारागार विधेयक पारित भएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १८:११   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।