काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता देशको आवश्यकता भएको बताएका छन् । तत्कालीन आवश्यकता पाँच दलीय गठबन्धनको भए पनि दीर्घकालीन आवश्यकता भने वाम एकताकै रहेको उनले बताए ।
आइतबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताए । उनले यस सम्बन्धमा दुई पटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको उल्लेख गरे ।
‘हामी जम्माजम्मी दुई पटक बसेका छौँ । छलफल जारी छ । हामी यो देशका वामपन्थी र समाजवादी पार्टी, समूहहरू एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाऊँ भन्नेखालका कुरा सोच्दैछौँ । सल्लाह गर्दैछौँ । आवश्यकताको दृष्टिले सबै वामपन्थीहरू एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो’, खनालले भने । तर कतिपय समूह तयार नभएको भन्दै खनालले आउने चुनावमा सम्मानजनक ढंगले सबैको बीचमा सहमति हुनुपर्नेमा जोड दिए ।




















प्रतिक्रिया