Logo

राजनीति

कमल थापाको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, गाई चिह्न पाउने बाटो खुल्यो



काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । थापाको पार्टी राप्रपा नेपाललाई निर्वाचन चिह्न गाई दिन नसकिने भनि निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको इजलासले यस्तो आदेश जारी गरेको हो । थापाले गाई चिह्न माग गर्दै असार ३० गते सर्वोच्चमा रिट दायर गरेका थिए । निर्वाचन आयोगले थापालाई तीर चिह्न दिएको थियो । आयोगले गाई राष्ट्रिय जनावर भएको दाबी गर्दै निर्वाचन चिह्न दिन नसकिने भनेको थियो ।

राप्रपासँग एकीकरण गर्नुअघि राप्रपा नेपालको निर्वाचन चिह्न गाई नै थियो। पछिल्लो एकता महाधिवेशनमा अध्यक्षमा पराजित उनले फेरि राप्रपा नेपाल ब्यूँताएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १९:१६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।