Logo

अर्थ

मौद्रिक नीतिको दोस्रो दिन नेप्सेमा ५४ अंककाे वृद्धि, ४ अर्ब १० करोड बढीको कारोबार



काठमाडौ‌ । मौद्रिक नीति तथा साताको दोस्रो कारोबार दिन शेयर बजारमा हरियाली छाएको छ । आइतबार ६१ अंकले बढेको बजार दोस्रो कारोबार दिन सोमबार पनि सोही लयलाई निरन्तरता दिँदै ५४.४५ अंकले बढेको हो । बजार परिसूचक ५४.४५ अर्थात २.६२ प्रतिशतले बढेको हो ।

सोमबार ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ९.०५ अंक बढेर ४०७.३८ मा उक्लिएको छ। ५४ अंकले परिसूचक बढ्दा १७६ कम्पनीहरूको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य घटेको छ ।

बढ्दो बजारमा आज कारोबार भएका ७ कम्पनीहरूमा सकारात्मक सर्किट लागेको छ । नारायणी विकास बैंक, मल्टी प्रपोज फाइनान्स, सूर्योदय लघुवित्त, ग्रीन डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रो हाइड्रोपावर, मानुषी लघुवित्त, बलेफी हाइड्रोमा सर्किट ब्रेक लागेको हो ।

सोमवार कारोबार रकम पनि उल्लेख्य बढोत्तरी भएको छ। आज सेयर बजारमा ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । पहिलो दिनको कारोबारमा २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आजको कारोबारमा उप–समूहतर्फ १३ ओटै समूहको सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १५:३५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।