Logo

प्रमुख समाचार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्नुपर्ने



काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले बताएको छ । स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी चुनावमा ८ करोड मतपत्र छाप्नुपर्ने बताए ।

निर्वाचनको मिति तय नभएपनि आयोगले आन्तरिक तयारी थालिसकेको उनले बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते निर्वाचन गर्ने घोषणा गरे आश्चर्य नहुने पनि बताए ।

आयोगले मंसिर २ को मिति उपयुक्त हुने परामर्श दिएको थियो । तर त्यो दिन शुक्रबार परेकाले दुई दिनपछि ४ मंसिर आइतबारका दिन गर्न सकिनेबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग आयोगका पदाधिकारीको छलफल भएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १७:४३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।