Logo

राजनीति

स्थानीय चुनावमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले पाएको मतका आधारमा एमाले पहिलाे दल



काठमाडौं । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष पदमा पाएको मत अनुसार नेकपा एमाले लोकप्रिय दल बनेको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरण अनुसार यी पदमा पाएको मतका आधारमा कांग्रेस पछि परेको हो ।

आयोगले सार्वजनिक गरको विवरण अनुसार नगरप्रमुख पदमा एमालेले सर्वाधिक २३ लाख ४८ हजार ७ सय ९ मत अर्थात ३४.५८ प्रतिशत मत पाएको छ भने कांग्रेस २२ लाख ७९ हजार ३ सय ६३ मत अर्थात ३३.५६ प्रतिशत मत पाउँदै दोस्रो स्थानमा सीमित बनेको छ । तेस्रोमा माओवादी केन्द्रले ६ लाख २७ हजार ६ सय ९३ मत अर्थात ९.२४ प्रतिशत मत पाएको छ ।

उपप्रमुख पदमा पनि एमालेले लोकप्रिय मत पाएको छ । नगर उपप्रमुख पदमा एमालेले ३६.२५ प्रतिशत, कांग्रेसले २४.२० प्रतिशत र माओवादी केन्द्रले १५.१७ प्रतिशत मत पाएको छ । यसैगरी अध्यक्ष पदमा एमालेले ३३.१४ प्रतिशत मत ल्याएर पहिलो, ३३.०२ मत ल्याएको कांग्रेस दोस्रो तथा १५.९८ मत ल्याएर माओवादी केन्द्र तेस्रो लोकप्रिय पार्टी बनेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १८:४४   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।