काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
भारतको मुम्बईस्थित एक अस्पतालमा लामो समयसम्म क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरीलाई मंगलबार नख्खुको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
क्यान्सरका कारण शरीरमा जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । गिरीलाई केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकले बताएका छन् । स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।




















प्रतिक्रिया