Logo

खेलकुद

उर्जनलाई यु-१७ फुटबल टोलीको जिम्मेवारी



काठमाडौं । यु १७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले पाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले  यु १७ टिमको जिम्मेवारी श्रेष्ठलाई सुम्पिएको जनाएको हो । 

श्रेष्ठको प्रशिक्षणमा नेपाली टिमले सेप्टेम्बरदेखि हुने यु १७ साफ च्याम्पियनसिप र सन् २०२३ मा हुने एएफसी एसियन कप छनोट खेल्नेछ ।

यी दुई प्रतियोगिताको लागि एन्फाले मंगलबारदेखि खेलाडी छनोटको खुल्ला प्रकृयासमेत सुरु गरिसकेको छ ।

श्रेष्ठ ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारका प्रशिक्षक हुन् । श्रेष्ठको प्रशिक्षणमा रहेको थ्री स्टार गएको सिजन तालिकाको छैटौं स्थानमा सीमित भएको थियो । 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार ०८:३०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।