Logo

राजनीति

समावेशी लाेकतान्त्रिक पार्टीलाई नेपाल समाजवादी पार्टी बनाए बाबुरामले, चुनाव चिह्न आँखा



काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएका भट्टराईले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टी (सलोपा) पाएका हुन् ।

भट्टराई समूहको आग्रहमा आयोगले सलोपाको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । जसपामा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल आयोगमा दर्ता भएको थियो ।

आयोगले नेपाल समाजवादीलाई चुनाव चिह्न आँखा दिएको छ । यही चुनाव चिन्हबाट भट्टराईले २०७४ मा गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका थिए । अब यो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार १८:४५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।